एनआरएन मकाउ अध्यक्षमा राजेस प्रसाईं विजयी

एनआरएन मकाउ अध्यक्षमा राजेस प्रसाईं विजयी

२०७८, श्रावण ११ सोमवार

  • 1.8K
    SHARES

  • एनआरएन मकाउ अध्यक्षमा राजेस प्रसाईं विजयी

    काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मकाउको अध्यक्षमा राजेश प्रसाईँ विजयी भएका छन् । 

    विवादका विच चलिरहेको सातौं अधिवेशन निर्वाचन समितिले सन् २०२१-२३ सम्मको ३ वर्षे कार्यकालका लागि प्रसाईँलाई निर्विरोधरुपमा चयन गरेको हो । 

    उनका प्रत्यासी उम्मेदवार निर्मला थापामगरको विरुद्धमा परेको उजुरीमाथी मगरले पर्याप्त प्रमाण दिन नसक्दा प्रसाईं निर्बिरोध विजयी भएका हुन् ।

    त्यस्तै प्रथम उपाध्यक्षमा बिजयराज अर्याल, द्वितीय उपाध्यक्षमा भिमसेन श्रेष्ठ, महासचिवमा उत्तम गुरुङ, सचीवमा शिव थापा, कोषाध्यक्षमा निरन्जन खडका, सहकोषाध्यक्षमा दिपक तामाङ, युवा संयोजकमा अमृत गुरुङ, महिला संयोजकमा कुमारी गुरुङ विजयी भएका छन।

    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको निर्वाचन, प्रमुख निर्वाचन आयुक्त विवेक जोशी, सदस्यहरु बाबा भाइ र चिरञ्जीवी पौड्याल रहेको निर्वाचन समितिले आइ सी सी प्रतिनिधि मंगल बहादुर राई र शान्तिदेवी अधिकारीको उपस्तिथिमा निर्वाचन गरिएको जानकारी अन्तर्राष्ट्रिय समन्वय परिषद, एसिया प्रान्तिय संयोजक र उपसंयोजकमार्फत जानकारी गराएको छ।

    २०७८, श्रावण ११ सोमवार०४:३३:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार