फ्रान्सका राष्ट्रपति कोरोनाबाट सङ्क्रमित, यूरोपका अन्य नेताहरु पनि सेल्फ आइसोलेसनमा

फ्रान्सका राष्ट्रपति कोरोनाबाट सङ्क्रमित, यूरोपका अन्य नेताहरु पनि सेल्फ आइसोलेसनमा

२०७७, पौष ३ शुक्रवार

  • 3.0K
    SHARES

  • फ्रान्सका राष्ट्रपति कोरोनाबाट सङ्क्रमित, यूरोपका अन्य नेताहरु पनि सेल्फ आइसोलेसनमा

    पौष ३, पेरिस ।

    फ्रान्सका राष्ट्रपति एम्यान्युएल म्याक्रोँ कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

    उनलाई कोरोना सङ्क्रमण भएको बिहीबार पुष्टि गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

    उनीसँगै अरु केही विशिष्ट व्यक्तिहरु पनि सङ्क्रमित भएको आशङ्कापछि उनीहरूलाई सार्वजनिक कार्यक्रममा सहभागी नगर्न र अन्य व्यक्तिको सम्पर्कबाट टाढा रहन र परीक्षण गर्न सुझाब दिइएको छ । 

    त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएका विश्व नेताहरुको सूचीमा पनि उनको नाम थपिएको छ । यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतलाई पनि कोरोनाभाइरसले सङ्क्रमित बनाएको थियो । 

    राष्ट्रपति म्याक्रोँलाई लक्षणका आधारमा शङ्का लागेपछि परीक्षण गरिएकोमा सङ्क्रमण देखिएको हो । उनी अव कम्तीमा सात दिन “सेल्फ आइसोलेसन”मा बस्ने बताइएको छ । 
      
    फ्रान्समा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि कम्तीमा सात दिन सेल्फ आइसोलेसनमा बस्नु पर्ने नियम रहेको छ । 
     
    उनले सङ्क्रमण पुष्टि भएर सेल्फ आइसोलेसनमा बसेपनि आफ्नो कामलाई निरन्तरता दिने राष्ट्रपति कार्यालयले जनाएको छ । 

    म्याक्रोँ गत हप्ता पेरिसमै आयोजना गरिएको युरोपेली सम्मेलनमा पनि सहभागी भएका थिए । आर्थिक सहकार्य तथा विकासका लागि संगठन (ओइसीडी)द्वारा आयोजित सो सम्मेलनमा सहभागी अन्य नेताहरु पनि सङ्क्रमित भएको आशङ्का गरिएको छ ।
     
    सम्मेलनको अध्यक्षता गर्नु भएका युरोपेली परिषद्का अध्यक्ष चार्स मिसेल पनि सङ्क्रमितसँग कार्यक्रममा रहेकोले उनले पनि अन्य व्यक्तिबाट अलग बसेका उनका प्रवक्ताले जानकारी दिएका छन् ।

    त्यसैगरी स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र एन्टेनियो कोस्टा पनि क्वारेन्टीनमा बसेका उनको कार्यालयका अधिकारीहरुले जनाएका छन् । 

    म्याक्रोँसँग सम्पर्कमा भएकै कारणले फ्रान्सकै प्रधानमन्त्री जाँ कास्टेक्स र सभामुख रिचार्ड फरान्ड पनि सेल्फ आइसोलेसनमा छन् । उनीहरूलाई सङ्क्रमणको कुनै लक्षण भने देखिएको छैन ।

    म्याक्रोँकी श्रीमतीलाई समेत कुनै लक्षण नदेखिएपनि सेल्फ आइसोलेसनमा राखिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

    उनीहरूलाई सङ्क्रमण भएको थाहा पाएपछि विभिन्न देशका नेताहरुले उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

    फ्रान्समा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म ५९ हजार ३०० भन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । -एजेन्सी ।   

    २०७७, पौष ३ शुक्रवार०६:५२:२४
    प्रतिक्रिया
    सम्बन्धित समाचार