गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्षमा पौडेल विजयी

गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्षमा पौडेल विजयी

२०७८, श्रावण १७ आइतवार

  • 1.9K
    SHARES

  • गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्षमा पौडेल विजयी

    टोकियो । गैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन् । दशौँ महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी उनी निर्वाचित भएका हुन् ।

    जुलाई २५ बाट जारी महाधिवेशननमा नयाँ कार्यसमिति २०२१–२३ का लागि सहमति जुटाउने प्रयास असफल भएपछि आज मतदान  भएको थियो ।

    निर्वाचन समितिका अनुसार कूल नौ हजार ३९४ मतदाता रहेकामा कूल सात हजार ७६७ मत खसेको थियो ।  नवनिर्वाचित पौडेलले तीन हजार ३८  र निकटतम् प्रतिस्पर्धी अनिता गुरुङले एक हजार ८६९ मत प्राप्त गरेकी छन् ।

    यसैगरी वरिष्ठ उपाध्यक्षमा नवीन निउरे निर्वाचित भएका छन् । यसपटक कूल २९ पदका लागि ५९ ले उम्मेदवारी दिएका थिए ।

    २०७८, श्रावण १७ आइतवार०३:३३:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार