रु एक अर्व ६५ करोडका डाइपर आयात

रु एक अर्व ६५ करोडका डाइपर आयात

२०७८, श्रावण २३ शनिवार

  • 2.1K
    SHARES

  • रु एक अर्व ६५ करोडका डाइपर आयात

    काठमाडौँ । नेपालले आर्थिक वर्ष २०७७ /०७८ मा  विभिन्न १५ मुलुकबाट रु एक अर्व ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ ।  

    विशेषगरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी,ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नाका लागि डाइपरको प्रयोग गर्दछन् ।  भन्सार विभागले प्रकाशन गरेको सो आवका प्रतिवेदनमा करिव रु १० करोड ५५ लाख थान डाइपर आयात भएको उल्लेख छ । 

    सोही आवमा नेपालले सबैभन्दा धेरै भारतबाट रु एक अर्व ५० करोड अर्थात्  करिव १० करोड  थान डाइपर आयात गरेको थियो । यसपछि भियतनामबाट रु ५० लाखका पाँच लाख २० हजार थान तथा पाकिस्तानबाट रु ३१ लाखका करिव १५ हजार थान आयात भएका प्रतिवेदनमा जनाइएको छ । 

    नेपालले अन्य मलेशिया, थाइल्याण्ड, युनाइटेड स्टेट्स (यूएइ) युनाइटेड स्टेट्स, टर्की, थाइल्याण्ड, हङकङ,सिङ्गापुर, र डेनमार्कबाट पनि  डाइपर आयात गर्दछ । 

    २०७८, श्रावण २३ शनिवार०५:४३:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार