चीनको वैदेशिक मुद्रा सञ्चिति उच्च

चीनको वैदेशिक मुद्रा सञ्चिति उच्च

२०७८, श्रावण २४ आइतवार

  • 1.0K
    SHARES

  • चीनको वैदेशिक मुद्रा सञ्चिति उच्च

    बेङजिङ । सम्पतिको मूल्यको परिवर्तनको संयुक्त प्रभावमा जुलाई महिनामा चीनको वैदेशिक मुद्रा सञ्चितिको परिधि बढेको यहाँको राष्ट्रिय वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापन विभागले शनिबार बताएको छ । 

    अगष्ट ७ तारिखमा दिएको तथ्याङ्क अनुसार चालू वर्षको जुलाई महिनाको अन्तसम्म चीनको वैदेशिक मुद्रा सञ्चितिमा संलग्न रकम ३२ खर्ब ३५ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ । 

    वैदेशिक मुद्रा सञ्चिति यस वर्षको जुन महिनाको तुलनामा २१ अर्ब ९० करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ । त्यस्तै वृद्धि दर ०.६८ प्रतिशतले बढेको छ ।

    राष्ट्रिय वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापन विभागका प्रवक्ता वाङ छुनयीङले चीनको वैदेशिक मुद्रा बजारको माग र आपूर्ति सन्तुलित रहेको र बजारको भविष्य पनि स्थिर रहनसक्ने दावी गरेका छन् ।  

    चिनियाँ अधिकारीका अनुसार कोभिड महामारी गम्भीर भएको, मुख्य मुलुकका मुद्रागत नीतिको अनुमान र समष्टिगत आर्थिक तथ्याङ्क लगायतका कारक तत्वको प्रभावस्वरूप अमेरिकी डलर बाहेकका मुद्राहरूको मूल्य बढेको छ । -एजेन्सी । 

    २०७८, श्रावण २४ आइतवार०७:२४:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार