युरोपमा नयाँ वर्षको विदा मनाउने क्रममा भिडभाड र समारोह नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

युरोपमा नयाँ वर्षको विदा मनाउने क्रममा भिडभाड र समारोह नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

२०७७, पौष ४ शनिवार

  • 1.1K
    SHARES

  • युरोपमा नयाँ वर्षको विदा मनाउने क्रममा भिडभाड र समारोह नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

    पौष ४, कोपनहेगन ।

    विश्व स्वास्थ्य संगठनले युरोपका देशहरुमा आगामी नयाँ वर्षका अवसरमा दिइने विदाको समयमा भिडभााड नगर्न र कुनै समारोहहरु नगर्न सुझाव दिएको छ ।

    युरोपका देशहरुमा आगामी नयाँ वर्षको अवसरमा विदा मनाउनका लागि नागरिकहरुले ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने भएकोले त्यसो नगर्न आग्रह गरेको हो ।

    यदि त्यसो गरिएमा युरोपेली देशहरुमा अहिले पनि महामारी देखिएको र त्यो महामारीले सबैलाई प्रभाव पार्न सक्ने चेतावनी पनि विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको सो समाचारमा जनाइएको छ ।

    विश्व स्वास्थ्य संगठनका युरोप क्षेत्रीय निर्देशक ह्यान्स कलगले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा जनाएका हुन् ।  

    उनले अहिले पनि युरोपका कतिपय देशहरुमा महामारीको दोस्रो लहर आएको र यसले गर्दा युरोपका देशहरुमा मानसिक स्वास्थ्यको अवस्था देखिएकोले सजगता अपनाउन भनेका हुन् ।

    उनले आगामी नयाँ वर्षका अवसरमा युरोपमा पहिलेका वर्षहरुमा जस्तै बिदा मनाउने क्रममा पहिलेका वर्षहरुमा जस्तै ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने गर्नाले कोरोना भाइरसको महामारी झनै विस्तारित हुनसक्ने बताए । 

    युरोपका निर्देशक ह्यान्सले शनिबार भनेका छन् युरोपमा पछिल्लो समयमा यो महामारी झनै ठूलो मात्रामा बृद्धि भइरहेकोले अहिले झनै सतर्कता र सजगता अपनाउनुपर्ने आवश्यकता छ ।

    उनले युरोपमा मात्र २ करोड ३० लाखभन्दा बढी नागरिक यो महामारीबाट संक्रमित भएका छन् भने यस महामारीका कारण पाँच लाखभन्दा पनि बढी मानिसको ज्यान गएको पनि बताएका छन् ।  

    उनले यो चिसोको मौसममा युरोपेली देशहरुमा पहिलेको भन्दा अझ बढी सतर्कता अपनाउनुर्ने पनि बताएको समाचारमा जनाइएको छ ।- एजेन्सी ।  

    २०७७, पौष ४ शनिवार१२:३४:१७
    प्रतिक्रिया
    सम्बन्धित समाचार