२२ करोड राजस्व सङ्कलन

२२ करोड राजस्व सङ्कलन

२०७८, श्रावण ३२ सोमवार

  • 1.1K
    SHARES

  • २२ करोड राजस्व सङ्कलन

    वाग्मती । हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक स्रोत तर्फ रु २२ करोड बढी रकम सङ्कलन गरेको छ ।

    कार्यालयका अनुसार गत आवमा आन्तरिक स्रोत तर्फ रु २२ करोड सात लाख २९ हजार २२१ राजस्व सङ्कलन गरेको हो ।

    राजस्व सङ्कलनमध्ये गत एक वर्षको अवधिमा सबै भन्दा धेरै एकीकृत सम्पत्ति कर रु चार करोड ९६ लाख ३१ हजार ५६९ सङ्कलन गरिएको कार्यालयले जनाएको  छ ।

    पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर रु एक करोड ८६ लाख १८ हजार ६०० सङ्कलन गरिएको हो । अन्य सेवा तथा शुल्क र बिक्रीबाट रु  एक करोड ३९ लाख ७० हजार ६०९ सङ्कलन गरिएको छ । विभिन्न प्रकारका सिफारिस दस्तुरबाट रु दुई करोड ९९ लाख ९१ हजार ७७२, नक्सापास दस्तुरबाट रु एक करोड ८९ लाख ९३ हजार ९ सय ३९ प्राप्त भएको उपमहानगरपालिकाले जनाएको छ ।

    त्यसैगरी उपमहानगरपालिकाले बहाल करबाट पनि रु  दुई करोड २४ लाख एक हजार ६९ कर सङ्कलन गरेको छ । विभिन्न २२ वटा शीर्षकमा उपमहानगरपालिकाले आन्तरिक राजस्व सङ्कलन गरेको छ ।

    स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि कुनै पनि क्षेत्रमा करमा वृद्धि नभएको र सङ्घ र प्रदेश सरकारले बनाएका कानूनका आधारमा कर लिँदै आएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए ।

    यसैबीच हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा नदीजन्य पदार्थमा मात्र रु चार  करोड ११ लाख १३ हजार सङ्कलन गरेको छ । प्रदेश सरकारलाई समेत यो रकम बाँडफाँड गर्नुपर्ने हुन्छ ।

    त्यसैगरी नदीजन्य पदार्थको लिलाम बिक्रीबाट ७८ लाख ५८ हजार सङ्कलन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

    अघिल्लो आर्थिक वर्षमा नगर क्षेत्रभित्रका क्रसर उद्योगसँग असूल गर्न बाँकी रु एक करोड ८८ हजार पनि असुल गरेको छ ।

    वन रोयल्टीको ६० लाख  सङ्कलन गरिएको कार्यालयले जनाएको छ । महानगरपालिकाले माटो बिक्रीबाट रु १२ लाख ९५ हजार सङ्कलन गरेको छ । 

    २०७८, श्रावण ३२ सोमवार०२:०८:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार