नयाँ पदाधिकारीका लागि मतदान जारी

नयाँ पदाधिकारीका लागि मतदान जारी

२०७७, पौष ४ शनिवार

  • 1.2K
    SHARES

  • नयाँ पदाधिकारीका लागि मतदान जारी

    पौष ४, काठमाडौँ ।

    सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान शुरु भएको छ ।

    निर्वाचनमा प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गरेका छन् । 

    प्रमुख निर्वाचन अधिकृत राजु खड्काका अनुसार सर्वोच्च बारमा भौतिक दूरी कायम गरी मतदान प्रक्रिया शुरु भएको छ । मतदान प्रक्रिया दुई बजेसम्म सम्पन्न हुनेछ भने कोभिडको सङ्क्रमण भएको सदस्य भएमा २ः३० बजे लाइनमा नबसीकन सिधैँ मतदान गर्ने व्यवस्था गरिएको छ ।

    सर्वोच्च बारको सदस्यका हुनका लागि कम्तीमा १० वर्ष कानून व्यवसायीका रूपमा काम गरेको हुनुपर्दछ । सर्वोच्च अदालतबाट कम्तीमा सातवटा फैसला भएको व्यवस्था रहेको छ ।

    उक्त बारमा सदस्य रहेका जम्मा ६०५ कानूनी व्यवसायी मतदान गर्दै छन् । सर्वोच्च बारले मत माग्दै प्रचारप्रसारका सामग्री बाँड्ने काममा पनि प्रतिबन्ध लगाएको छ ।

    २०७७, पौष ४ शनिवार१२:५७:३२
    प्रतिक्रिया
    सम्बन्धित समाचार