भक्तपुर दूधपाटीमा नेपाल बैंकको सेवा सुरु

भक्तपुर दूधपाटीमा नेपाल बैंकको सेवा सुरु

२०७८, भाद्र १ मंगलवार

  • 1.1K
    SHARES

  • भक्तपुर दूधपाटीमा नेपाल बैंकको सेवा सुरु

    भादगाउँ । नेपाल बैंक लिमिटेड कमलविनायक शाखाले दूधपाटीमा  आजदेखि सेवा विस्तार गरेको छ । भक्तपुर नगरको पश्चिम भेगका जनताको सेवासुविधालाई ध्यान दिँदैे सेवा विस्तार गरिएको जनाइएको छ ।  

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सेवाको शुभारम्भ गदै स्वदेशी लगानीलार्ई प्रोत्साहन गर्न आग्रह गरे ।  भक्तपुर बहुमुखी क्याम्पसका प्राचार्य डा कृष्णप्रसाद पोखरेलले बैंकको सेवा विस्तारले नगरका पश्चिम भेगका जनताले सरल र सहज रुपमा बैंकिङ सेवा पाउने विश्वास व्यक्त गरे ।

    नेपाल बैंक वाग्मती प्रदेश प्रमुख निरुजा श्रेष्ठले दूधपाटी काउन्टरको विस्तारसँगै भक्तपुरमा तीन शाखा र चार काउन्टरमार्फत सेवा प्रदान गरिरहेको बताए ।

    कार्यक्रममा नेपाल बैंक कमलविनायक शाखाका प्रमुख विष्णुमान भैल र सहायक प्रमुख दीपा पनेरुले भक्तपुरमा थप दुईदेखि तीन शाखा विस्तार गर्ने योजनाका साथ कार्य अघि बढिरहेको जानकारी दिए ।

    २०७८, भाद्र १ मंगलवार०१:४६:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार