नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब

२०७८, भाद्र २ बुधवार

  • 889
    SHARES

  • नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब

    काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालोको यात्रा तय गरेको नेप्से आज नयाँ उचाइमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

    शेयर कारोबार हुने साताको चौथो दिन आज नेप्से ३२.०४ बिन्दुले बढेर तीन हजार १९२.३५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३८ बिन्दुले बढेर ५९६।६६ मा पुगेको छ । कूल २२५ कम्पनीको तीन करोड १४ लाख ३१ हजार ८५५ कित्ता शेयर रु १८ अर्ब ८१ करोड ३१ लाख ६४ हजार ९९५ मूल्य बराबरको कारोबार भयो ।

    कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्य बढेको छ ।

    होटल तथा पर्यटन ०.३५, लघुवित्त १.५१, सामूहिक लगानीकोष ०.२१ र लगानी ०.२१ बिन्दुले घटेको छ । यस्तै, बैंकिङ १४.५, व्यापार २.३८, विकास बैंक २७२.४४, जलविद्युत् ५४.३९, वित्त १०३ं५२, निर्जीवन बीमा २७६.१९, अन्य २४.९२ र जीवन बीमा १११.९७ बिन्दुले बढेको छ ।

    आजको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९२ हजार ९१ बराबर पुगेको छ । कारोबारका आधारमा आज नेशनल हाइड्रोपावरक कम्पनी शीर्ष स्थानमा रहेको छ ।

    सो कम्पनीको रु ७८ करोड ८७ लाख तीन हजार ५२० बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी रु ६३ करोड ४६ लाख ७१ हजार ९२४, लुम्बिनी विकास बैंक रु ५९ करोड ७६ लाख ९३ हजार ९७६, महालक्ष्मी विकास बैंक रु ५७ करोड ६९ लाख १९ हजार ३७६ र ज्योति विकास बैंक रु ५६ करोड १५ लाख ४४ हजार ८९४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

    २०७८, भाद्र २ बुधवार०५:१४:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार