नेपाल धितोपत्र बोर्डको नतिजा सार्वजनिक

नेपाल धितोपत्र बोर्डको नतिजा सार्वजनिक

२०७८, भाद्र ५ शनिवार

  • 1.2K
    SHARES

  • नेपाल धितोपत्र बोर्डको नतिजा सार्वजनिक

    काठमाडौँ । नेपाल धितोपत्र बोर्डको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगले बोर्डको सहायकदेखि निर्देशक पदसम्मको लागि गत फागुनमा लिइएको परीक्षाको नतिजा प्रकाशन भएको हो ।

    सहायक पदमा तीन जनाको माग गरिएकोमा १०० जनाले परीक्षा दिएका थिए । जसमध्ये ७ जना छनौट भएका छन् । यस्तै वरिष्ठ सहायकका लागि खुला र महिला गरी दुई जना मागिएको थियो । जसमा खुलामा चार र महिला चार गरी ८ जना उत्तीर्ण भएका छन् ।

    यसैगरी सिए पदका लागि एक जना मागिएकोमा एक जनाको मात्रै दरखास्त परेको थियो । एक जना कानुन अधिकृत माग भएकोमा कुनै पनि उम्मेदवार उत्तीर्ण हुन सकेनन् ।

    यस्तै सहायक निर्देशकका लागि दुई जनाको माग भएको थियो । जसमा ४२ जनाले परीक्षा दिएकामा चार जना अन्तर्वार्ताका लागि छनौट भएका छन् । एक जना निर्देशक(सिए) आवश्यक रहेकोमा दुई जना उत्तीर्ण भएका छन् । यस्तै निर्देशकाका लागि दिएको परीक्षामा खुला र महिला गरी ६ जना उत्तीर्ण भएका छन् । जसमा २० जनाले परीक्षा दिएका थिए ।

    २०७८, भाद्र ५ शनिवार०९:१८:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार