भारतद्वारा अक्सिजन प्लान्ट प्रदान

भारतद्वारा अक्सिजन प्लान्ट प्रदान

२०७८, भाद्र १० बिहिवार

  • 1.0K
    SHARES

  • भारतद्वारा अक्सिजन प्लान्ट प्रदान

    काठमाडौँ । भारत सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट उपलब्ध गराएको छ । 

    आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।

    सो अवसरमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा भारतले नेपाललाई निरन्तर सहयोग गरेकामा सराहना व्यक्त गरे ।

    उनले कोरोनाविरुद्ध सबै एकजुट हुनसके मात्र नियन्त्रण गर्न सकिने भन्दै नेपालले यसको रोकथाम र नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेको बताए । उनले लक्षित सबै समुदायलाई खोप उपलब्ध गराउने गरी सरकारले खोप ल्याइरहेको जानकारी दिए ।

    भारतीय राजदूत क्वात्राले कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा भारतले नेपाललाई निरन्तर सहयोग गरेको बताए ।

    भारतले उपलब्ध गराएको उक्त अक्जिसन प्लान्टले दैनिक २०० बिरामीलाई एकैपटक अक्सिजन उपलब्ध गराउन सकिन्छ । भारत सरकारको सहयोगमा नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गरिएको छ ।

    २०७८, भाद्र १० बिहिवार०२:५५:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार