गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा अक्सिजन प्लान्ट

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा अक्सिजन प्लान्ट

२०७८, भाद्र १४ सोमवार

  • 1.3K
    SHARES

  • गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा अक्सिजन प्लान्ट

    राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्थापना गर्नका लागि आवश्यक सामग्रीसहित अक्सिजन प्लान्ट ल्याइएको छ । सो प्लान्टबाट दैनिक २८० सिलिण्डर भर्नसकिने क्षमता रहेको छ । सो प्लान्ट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको मेडिकल सुपरिटेन्डेण्ट डा रञ्जीत झाले बताए ।

    तीन करोड ७३ लाख मूल्य बराबरको अक्सिजन प्लान्ट ल्याएको बताउँदै चाँडैनै अस्पतालमा जडान गरिने उनले बताए । साथै लिक्विड सिलिण्डर र टुयुबसमेत ल्याएइको, अक्सिजन प्लान्ट स्थापनाका लागि अस्पतालमा ‘सेड’ तयार भइसकेको  र ढलानको काम मात्र बाँकी रहेकाले छिट्टै नै अक्सिजन प्लान्ट स्थापना गरिने जनाइएको छ  ।

    यहाँ अक्सिजन प्लान्ट सञ्चालन भएमा सप्तरी जिल्लासहित उदयपुर, सिरहा र सुनसरीसहितका अस्पतालमा अक्सिजन आपूर्ति गर्न सकिने डा झाले बताए । हाल अस्पतालमा सात वटा भेन्टिलेटरसहित १५ श्ययाको सघन उपचार कक्ष तयारी अवस्थामा रहेको जनाइएको छ ।

    २०७८, भाद्र १४ सोमवार०२:०६:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार