देशमा राजनीतिक अस्थिरता सिर्जना गर्न खोजियो : नेता अधिकारी

देशमा राजनीतिक अस्थिरता सिर्जना गर्न खोजियो : नेता अधिकारी

२०७७, पौष ५ आइतवार

  • 1.9K
    SHARES

  • देशमा राजनीतिक अस्थिरता सिर्जना गर्न खोजियो : नेता अधिकारी

    पौष ५, कास्की ।

    प्रतिनिधिसभा सदस्य एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य खगराज अधिकारीले राजनीतिक अस्थिरता निम्त्याएर देशलाई अराजकतातर्फ धकेल्न खोजिएको बताएका छन् । 

    लेखनाथ सामुदायिक सेवा केन्द्रको सातौँ अधिवेशनबाट निर्वाचित कार्य समितिको शनिवार गरिएको पदभार ग्रहण कार्यक्रममा उनले राष्ट्रिय अखण्डताको पक्षमा दृढका साथ उभिएको वर्तमान सरकारलाई अहिले चौतर्फी राजनीतिक घेराबन्दी गरिएको बताए ।  

    गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विकास र सामाजिक सङ्घ संस्थामा राजनीतिले प्रभाव पार्न नहुने बताए । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सामाजिक विकृतिविरुद्ध सञ्चालन गरिने अभियानमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

    सेवा केन्द्रको सातौ अधिवेशनबाट अध्यक्षमा त्रिलोचन लामिछाने, उपाध्यक्षमा लक्ष्मीप्रसाद ढुङ्गाना, सचिवमा कृष्णप्रसाद अधिकारी, कोषाध्यक्षमा गङ्गाकुमारी खनाल र सहसचिवमा हरि बस्ताकोटी निर्वाचित भएका थिए ।  

    यसैगरी सदस्यहरुमा गणेश ढुङ्गाना, दीपक भण्डारी, बुद्धिमाया थापा मगर, बुद्धिसागर पौडेल, सुरजजङ्ग राणा, शिवबहादुर रानाभाट, विनोद थापा र राजु अधिकारी निर्विरोध निर्वाचित भएका थिए । केन्द्रले साविक लेखनाथ र रुपा गाउँपालिकालाई कार्यक्षेत्र बनाइ विभिन्न सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ । 

    २०७७, पौष ५ आइतवार०६:५३:०७
    प्रतिक्रिया
    सम्बन्धित समाचार