नारी हुन् संसारमा श्रृष्टी चलाउने ।
हरेक पीडा सहेर बालबालिका जन्माउने ।
१८ बर्षसम्मका मानिस हुन् बालबालिका ।
यि सबै छन् दाबेदार बाल अधिकारका ।
साना हुन्छन् बालबालिका चाहिन्छ अधिकार ।
अधिकारको दाबीका लागि गरौँ खबरदार ।
चार भागमा बाँडेको बाल अधिकारलाई ।
खोट लगाइ मारिन्छन् पेटमै, ती निर्दोषलाई ।
बाँच्न पाउने अधिकार छ सम्झाऔँ यिनलाई ।
हेर्छन् सबैले किन? सधैँ मात्र आफन्तलाई ।
ठुलाको मात्र विचार र सहभागीता हुन्छ यहाँ ।
हाम्रो पनि त अधिकार छ सहभागि हुन जहाँ ।
विकासको नाउँमा धेरै सकस यहाँ छ ।
बालबालिकाको बारेमा कसले सोचेको छ ?
परिवार र सरकार सँरक्षणकर्ता बालबालिकाको ।
खै त ! यहाँ संरक्षण भएको बाल अधिकारको ?
खुलम खुला बलात्कृत भएका छन् निर्मलाहरु ।
अधिकार पाए मात्र खुशी हुन्छन् बालबालिकाहरु ।
-लिला मगर
दोधारा चाँदनी नगरपालिका कञ्चनपुर