७ मन्त्रीको सामुहिक राजिनामा 

७ मन्त्रीको सामुहिक राजिनामा 

२०७७, पौष ५ आइतवार

  • 3.8K
    SHARES

  • ७ मन्त्रीको सामुहिक राजिनामा 

    पौष ५, काठमाडौं ।

    संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले मात्र राजीनामा दिएका हुन् ।

    राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।

    "मुलुकको राजनीति र पार्टी माथि आइपरेको यो अकल्पनीय संकटको अवस्थामा नेपाली जनताको त्याग र बलिदानबाट आर्जिएका राजनीतिक उपलव्धी र पार्टी एकतालाई बचाउन हामी सँधै झैँ प्रतिवद्ध र सक्रिय रहने छौं", विज्ञप्तिमा लेखिएको छ । 

    rajinama.jpg

    २०७७, पौष ५ आइतवार०४:४५:३९
    प्रतिक्रिया
    सम्बन्धित समाचार