शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह

शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह

२०७८, भाद्र २१ सोमवार

  • 1.2K
    SHARES

  • शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह

    काठमाडौँ । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

    राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको समस्याका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले आज  गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरी तत्काल उपयुक्त निकास निकाल्न आग्रह गरे ।

    कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन् । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

    जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाइ परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    २०७८, भाद्र २१ सोमवार०२:५५:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार