काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हनार ६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ४२३ जना र ३ हजार ९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी कुल १ हजार ६७७ जनामा सँक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ७२ छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या २१ रहेको छ ।