निजामती सेवा निष्पक्ष र परिमाणमुखी हुनुपर्छ : मुख्य सचिव

निजामती सेवा निष्पक्ष र परिमाणमुखी हुनुपर्छ : मुख्य सचिव

२०७८, भाद्र २२ मंगलवार

  • 925
    SHARES

  • निजामती सेवा निष्पक्ष र परिमाणमुखी हुनुपर्छ : मुख्य सचिव

    काठमाडौँ । मुख्यसचिव शंकरदास बैरागीले निजामती सेवा निष्पक्ष र परिमाणमुखी हुनुपर्ने बताएका छन् ।  निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिद्वारा  आज सिंहदरबारमा आयोजित  कार्यक्रमलाई सम्बोधन गर्दै उनले  सेवा प्रवाहमा देखिएको समस्यालाई  पहिचान गरेर अगाडि बढ्न आग्रह गरे । 

    “हामीले खोजेको सुशासन हो । त्यो कसरी प्राप्त गर्नेमा  कर्मचारी हुनुपर्दछ”, उनले भने, “कर्मचारीले कानूनले बन्देज गरेका काम गर्न हुँदैन ।” मुख्यसचिव बैरागीले निजामती कर्मचारी आलोचित हुने गरेको जनाउँदै आलोचनालाई चिर्दै आफ्नो कामलाई सदाचारिता र इमान्दारिताका साथ गर्नुपर्ने भनाइ राखे । 

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले जनता र कर्मचारीबीच देखिएको खाडल हटाउनुपर्ने बताए । उनले निजामती सेवा ऐन कार्यान्वयन भएपछि सङ्घ, प्रदेश र स्थानीय तहको दरबन्दी पुनरावलोकन गरिने जानकारी दिए । उनका अनुसार अहिले एक लाख ३९ हजार १९८ दरबन्दी रहेकामा एक लाख नौ हजार ५०८  सेवारत छन् । 

    निजामती कर्मचारीको सङ्गठन आधिकारिक ट्रेड युनियनका कार्यवहाक अध्यक्ष भोला पोखरेलले कर्मचारीलाई उत्प्रेरणा दिने खालका कार्यक्रम ल्याउन माग गरे । पूर्वकर्मचारी सेवा परिषद्का कार्यवाहक अध्यक्ष बालकृष्ण प्रसाईंले संविधानमा पूर्वराष्ट्रसेवक कर्मचारीको ज्ञान, क्षमतालाई उपयोग गर्ने भनेता पनि सरकारले अझै नगरेको गुनासो गरे । 

    मुख्य सचिव बैरागीले सो अवसरमा विसं २०७६ र २०७७ मा घोषणा गरिएका  निजामती सेवा पुरस्कार वितरण गरेका थिए ।

    सरकारले प्रत्येक वर्ष एक जनालाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार गर्दै आइरहेको छ । यस्तै निबन्ध र हाजिरी जवाफ प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृत गरिएको थियो । 

    सोही कार्यक्रममा यसवर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम घोषणा गरिएको थियो । यसवर्ष कोही पनि कर्मचारीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउन सकेनन । सरकारले यसवर्ष दिवसको नारा ‘व्यावसायिक र सिर्जनशिल प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने रहेको छ । 

    २०७८, भाद्र २२ मंगलवार०६:०९:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार