अफगानिस्तान सुरक्षाकर्मीको सुरक्षा कारबाहीमा कम्तीमा ७४ विद्रोहीको मृत्यु

अफगानिस्तान सुरक्षाकर्मीको सुरक्षा कारबाहीमा कम्तीमा ७४ विद्रोहीको मृत्यु

२०७७, पौष ६ सोमवार

  • 2.2K
    SHARES

  • अफगानिस्तान सुरक्षाकर्मीको सुरक्षा कारबाहीमा कम्तीमा ७४ विद्रोहीको मृत्यु

    पौष ६, काबुल ।

    अफगानिस्तानको सुरक्षाकर्मीले तालिवान विद्रोहीको आधार क्षेत्र मानिने कान्दाहारमा गरेको सुरक्षा कारबाहीमा कम्तीमा ७४ विद्रोहीको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार जानकारी गराएको छ ।

    अमेरिकी प्रतिनिधिले तालीवानी समूहसँग अफगानिस्तानको शान्तिका लागि गरेको सम्झौतापछि केही मत्थर बनेको द्वन्द्व सरकार र विद्रोहीले आफ्नो प्रभाब देखाउन गरेका आक्रमण र प्रत्याक्रमका कारण थप सक्रिय देखिँदा सम्झौताबाट आशावादी बनेको विश्व समुदाय चिन्तित बनेको छ ।

    रक्षामन्त्रालयले ट्वीटरमार्फत् जारी सूचनामा भनिएको छ, “कान्दाहारको झेरिया, दाँद, पञ्ज्वाव र अर्गान्दाब जिल्लाहरूमा विगत २४ घण्टामा गरिएका कार्बाहीमा ७४ तालीवान लडाकूको मृत्यु भएको छ ।” 

    सरकारी सेनाको नियन्त्रणमा रहेको भूभागमा विद्रोहीले आक्रमणको तयारी थालेको आरोप लगाउँदै सेनाले सुरु गरेको कार्बाहीका क्रममा उनीहरूको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    कार्बाहीका क्रममा विद्रोही समूहबाट ठूलो सङ्ख्यामा हतियार तथा बन्दोबस्तीका सामान नियन्त्रणमा लिएको सरकारी अधिकारीले दावी गरेका छन् ।

    कान्दाहारमा हालैका दिनमा भीषण झडप भएका र यसका कारण अघिल्लो साता मात्र ८२ व्यक्तिको मृत्यु भएको थियो ।- एजेन्सी । 

     

    २०७७, पौष ६ सोमवार०६:५४:५३
    प्रतिक्रिया
    सम्बन्धित समाचार