प्रज्ञा बालकविता महोत्सव सम्पन्न

प्रज्ञा बालकविता महोत्सव सम्पन्न

२०७८, भाद्र ३० बुधवार

  • 1.5K
    SHARES

  • प्रज्ञा बालकविता महोत्सव सम्पन्न

    काठमाडौँ । राष्ट्रिय बाल दिवस–२०७८ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको आयोजनामा भर्चुअल प्रविधिबाट ‘प्रज्ञा बालकविता महोत्सव–२०७८’ गरिएको छ । मुलुकभरका करिब ३५ बालबालिकाका कविता वाचन, कार्यपत्र प्रस्तुति तथा मन्तव्यसहित महोत्सव सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बालसाहित्यको प्रवद्र्धनका निमित्त बालकविता महोत्सव आयोजना गरिएको जनाउँदै बालबालिका नयाँ शिल्प र सिर्जनशीलताका साथ अगाडि आइरहेको बताए । उपकूलपति डा गुरुङले महोत्सवमा सहभागी बालबालिका अनेकन ताराबीचका २७ नक्षत्रजस्तै भएको बताए ।

    प्रज्ञा बालकविता महोत्सव–२०७८ को औचित्यमाथि प्रकाश पार्दै प्रतिष्ठानका साहित्य ९कविता÷काव्य० विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले कस्तो उमेरका बालबालिका भन्ने सन्दर्भमा १८ वर्ष उमेर मुनिकालाई भन्ने कानुनले नै तोकेको र त्यो सङ्ख्या ४० प्रतिशत रहेको उनले उल्लेख गरे ।

    प्रतिष्ठानका ९लोकवार्ता र बालसाहित्य० विभाग प्रमुख डा देवी नेपालले बालसाहित्यको प्रवद्र्धनका लागि यो महोत्सव आयोजना गरिएको बताए । देशभरिबाट ४० बालबालिका छनोट गरिएको र त्यसमध्ये ३५ बालबालिका जोडिएर कविता प्रस्तुत गरेको उनले जानकारी दिए ।

    नेपाल बाल सङ्गठनका अध्यक्ष विद्या न्यौपानेले बालदिवसको परम्परामा पुनरावलोकन गर्नुपर्ने बताए । साहित्यकार प्रमोद प्रधानले ‘नेपाली बालसाहित्यको वर्तमान अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्दै बालसाहित्यको इतिहास, नेपाली भाषामा बालसाहित्य, लोकसाहित्य, लिखित बालसाहित्य, नेपाली बालसाहित्यको विधागत स्थिति, बालसाहित्य कृतिमा गुणवत्ताको प्रश्न, उमेरअनुसारका रचना, बालसाहित्य सम्पादन, चित्राङ्कन, लेआउट, डिजाइन, मुद्रण प्रविधि, अन्य राष्ट्रिय भाषामा बालसाहित्य, बालपुस्तक बिक्रीको स्थिति, प्रज्ञा–प्रतिष्ठान र नेपाली बालसाहित्यजस्ता विषयवस्तुमा प्रकाश पारेका थिए ।

    २०७८, भाद्र ३० बुधवार०७:५५:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार