नीलो र सफा छ भन्छन मलाई,
तर म चाहिँबदलिरहन्छु ।
मौसमअनुसार मेरो रुप र रंगमा,
परिवर्तन गरिरहन्छु ।
फरक रंगहरुका बादलहरुलाई,
म लुटुपुटु गर्न भन्छु ।
कालो कालो बादलआयो भने,
म पानी पारी दिन्छु ।
विशाल छ भन्छन सबैले मलाई,
प्राणीहरुलाई पानी पार्छु ।
घामपानी, हिउँदबर्षा जे भएपनि
एकैनासले काम गर्छु ।
सबैतिर एकै खालको समान छु म,
सफा र स्वच्छ भई नै रहन्छु ।
नीलो र सफा छ भन्छन मलाई,
तर म चाहिँबदलिरहन्छु ।
– राजु घिमिरे