१०० अंकको उतारचढावबीच पौने ७ अर्बको कारोबार

१०० अंकको उतारचढावबीच पौने ७ अर्बको कारोबार

२०७७, पौष ६ सोमवार

  • 2.1K
    SHARES

  • १०० अंकको उतारचढावबीच  पौने ७ अर्बको कारोबार
    पौष ६, काठमाडौं ।
     
    आज सोमबार ठूलो उतारचढाव देखिएको सेयर बजार अन्तत ३० अंकले बढेर बन्द भएको छ ।

    सुरुको १० मिनेटभित्रै करिब ६० अंकले बजार घट्दा नकारात्मक सर्किटको बाटोमा गएको बजार साढे ३ प्रतिशतसम्मले घटिसकेको थियो। 

    यसरी सुरुको केही मिनेटभित्रै ६० अंकसम्मले तल झरेको बजार पुनः ४० अंकसम्ममाथि पुग्दा सेयर बजारमा एकै दिन सय अंकको उतारचढाव देखिएको हो।

    यससँगै कारोबारको अन्तिम समयमा पुग्दा बजार ३० अंकको बृद्धि भएको छ।

    आजको कारोबारको कुनै समय पाँचवटा कम्पनीबाहेक सबै कम्पनीको सेयर मूल्य घटेकोमा बजार बन्द हुँदा भने १२३ कम्पनीको मूल्य बढेको छ। १४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो भने ३८ वटा कम्पनीको मूल्य घटेको छ।

    सोमबार २०२ वटा कम्पनीको एक करोड २३ लाख कित्ता सेयर ६ अर्ब ७० करोड रुपैयाँमा किनबेच भएका छन्। 

    २०७७, पौष ६ सोमवार०५:०४:०६
    प्रतिक्रिया
    सम्बन्धित समाचार