चीनबाट आयो ४४ लाख भेरोसेल खोप

चीनबाट आयो ४४ लाख भेरोसेल खोप

२०७८, आश्विन २ शनिवार

  • 1.0K
    SHARES

  • चीनबाट आयो ४४ लाख भेरोसेल खोप

    काठमाडौं । सरकारले चीनबाट शुक्रवार कोरोना भाइरस विरुद्धको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले चीनबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप अपराह्न आएकोे जानकारी दिए ।  

    नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट खोप ल्याइएको हो । सरकारले ६० लाख खोप खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको थियो ।

    खोप लिनका लागि हिजो राति ११ बजे वाइडबडी विमान चीनतर्फ गएको थियो । यससँगै नेपालमा अहिलेसम्म एक करोड ७७ लाख खोप आइसकेको छ । 

    २०७८, आश्विन २ शनिवार०८:१०:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार