काठमाडौं । काठमाडौं जिल्लाका स्थानीय तहमा तिन दिन भेरोसेल खोप लगाइने भएको छ। पहिलो डोज लगाएकाहरुलाई असोज ४ गतेदेखि दोस्रो मात्राको चिनियाँ भेरोसेल खोप लगाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्म काठमाडौं महानगरपालिका सहित ११ नगरपालिका र अन्य अस्पतालमा खोप लगाउने व्यवस्था मिलाएको जानकारी दिएको छ।
