अफ्रिकाले किन यति धेरै स्याटलाइट पठाउँदैछ ?

अफ्रिकाले किन यति धेरै स्याटलाइट पठाउँदैछ ?

२०७८, आश्विन ७ बिहिवार

  • 2.5K
    SHARES

  • अफ्रिकाले किन यति धेरै स्याटलाइट पठाउँदैछ ?

    २० वर्ष अगाडि अफ्रिकाले पहिलोपटक स्याटलाइट लन्च गरेदेखि त्यहाँका १३ मुलुकले ४४ भन्दा धेरै स्याटलाइट अन्तरिक्षमा पठाइसकेका छन् । यसरी अफ्रिकाको अन्तरिक्ष उद्योगलाई गति लिन सुरुवातमा धेरै समय लाग्यो तर अबका केही वर्षमा यसले तिव्र रुप लिने प्रक्षेपण गरिएको छ । 

    अहिले २०२५ भन्दा अगाडि लन्च गर्नका लागि भनेर २३ अफ्रिकी मुलुकले झन्डै १२५ थप स्याटलाइटहरुको तयारी गरिहेका छन् । यसअघि विश्व आर्थिक फोरमको रिपोर्टमा पनि अफ्रिकाले अन्तरिक्षबाट संकलन गरिने डाटाले अफ्रिकालाई प्रति वर्ष दुई अर्ब डलर बराबर नाफा गराउने उल्लेख गरिएको थियो । 

    रिपोर्टका अनुसार स्याटलाइटले विशेषगरी अफ्रिकालाई कृषि सम्बन्धी चुनौतिहरुको सम्बोधन गर्न मद्दत गर्न सक्छ । जस्तै यस मार्फत पानीको व्यवस्थापनमा सुधार ल्याउन सकिनेछ, अन्नबालीको स्वास्थ्य मापन गर्न अनि वनजङ्गल व्यवस्थापनलाई पनि सुधार गरि सुख्खापनको निगरानी गर्न सकिनेछ । हाल अफ्रिकाका एक तिहाइ भन्दा कम जनसङ्ख्यासँग इन्टरनेट ब्रोडब्यान्डको पहुँच छ । यस्तोमा संचार स्याटलाइटले मानिसहरुलाई इन्टरनेटको सुविधा दिलाउनमा पनि मद्दत गर्नेछ । 

    दक्षिण अफ्रिकी स्टार्टअप एस्ट्रोफिका चार वर्ष अगाडि स्थापित गरिएको थियो । यसले अन्तरिक्ष सम्बन्धी परामर्शका सेवाहरु दिलाउँछ । यसले केप पेनिसुला युनिभर्सिटी अफ टेकनोलोजीको क्युबस्याट प्राग्रामलाई पनि सहयोग पुर्याइरहेको छ जसले दक्षिण अफ्रिकी समुद्री तटमा पानी जहाजहरु पत्ता लगाउन मेरिटाइम स्याटलाइट लन्च गरेको थियो । 

    एस्ट्रोफिकाका सह संस्थापक एवम् सीटीओ खलिद मन्जुका अनुसार यो स्टार्टअपको उद्येश्य भनेको अन्तरिक्ष उद्योगलाई अफ्रिकाका चुनौतिहरु ९खाद्य सुरक्षादेखि राष्ट्रिय सुरक्षा सम्मका चुनौतिहरुको समाधानका लागि प्रयोग गर्नु रहेको छ । 

    यसले आफ्नो पहिलो सामुहिक स्याटलाइट २०२२ को अन्त्यसम्ममा पठाउने अपेक्षा गरेको छ । यसले अन्नबालीको अवस्था र किटनाशक अनि मलको प्रयोग लगायतलाई निरीक्षण गर्न मद्दत गर्ने मन्जु बताउँछन् । 

    उनका अनुसार अफ्रिकी मुलुकहरुले कृषि सम्बन्धी डाटा हासिल गर्न अन्तर्राष्ट्रिय प्रदायकहरुमा अनावश्यक खर्च गरिरहेका छन् । 

    अफ्रिकाको स्याटलाइट तथा अन्तरिक्ष उद्योगमा हाल २८३ कम्पनीले अफ्रिकाको अन्तरिक्ष उद्योग सञ्चालन गरिरहेका छन् र यसले २०१९ मा मात्र ७।३ अर्ब डलर आम्दानी उत्पादन गरेकोथियो । उनीहरुले आगामी २०२४ सम्ममा १० अर्ब डलर भन्दा धेरै कमाइ गर्ने प्रक्षेपण रहेको छ । यसमा उनीहरुको एक मात्र चुनौति भनेको श्रोतसाधनको अभाव हो । 

    दक्षिण अफ्रिकामा जन्मिएकी एमआइटीकी स्पेस इन्जिनियर मिनु राथनसाबापथी भन्छिन्, “हामीले अमेरिया या युरोपलाई हेर्यौँ भने उनीहरुका लागि तुलनात्मक रुपमा सबैकुरा एकदम सजिलो छ । त्यहाँ धेरै निजी कम्पनी हुन्छन् र निजी लगानीकर्ता हुन्छन् जसले नासा र युरोपियन स्पेस एजेन्सीलाई आर्थिक सहयोग गर्छन् । तर अफ्रिकालाई हेर्नुहुन्छ भने हामी त्यहाँसम्म पुगेका छैनौँ । र यो जायज पनि छ किनकी यहाँका प्राथमिकता अरु नै छन् । ” 

    त्यस्तै अन्तरिक्ष उद्योग सम्बन्धी मानसिकता बदल्नु पनि अर्को चुनौति रहेको मन्जु बताउँछन् । जस्तै कि अन्तरिक्षमा लगानी गर्नुलाई सबैले अत्यन्तै जोखिमपूर्ण मानिरहेका हुन्छन् । यस्तोमा सरकारले नै अफ्रिकाको अन्तरिक्ष उद्योगलाई अगाडि बढ्नबाट रोकिरहेको उनको भनाइ छ । तरपनि बिस्तारै सबैले अन्तरिक्षमा लगानी गर्नुले देशमा दिर्गकालीन समृद्धि ल्याउन सक्ने बुझ्दै गइरहेको उनी बताउँछन् । -सीएनएन

    २०७८, आश्विन ७ बिहिवार०९:२८:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार