प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक सम्पन्न

प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक सम्पन्न

२०७८, आश्विन ८ शुक्रवार

  • 933
    SHARES

  • प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक सम्पन्न

    काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले सङ्गठनको क्षमतामा अभिवृद्धि, तालिम तथा कल्याणकारी कार्यक्रम विस्तारमा जोड दिइने बताएका छन् ।

    सैनिक मुख्यालयमा भएको दुई दिने प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक समापनमा उनले राष्ट्र र जनताको हितका खातिर उच्च मनोबलसहित कटिबद्ध फौज निर्माणका साथ काम गर्ने उल्लेख गरे ।

    नेपाली सेनाले नियमितरूपमा सञ्चालन गर्दै आएको उक्त बैठकमा प्रस्तुतिकरण र उठान भएका विषयवस्तुमाथि गहन छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    बैठकमा प्राप्त सुझावले नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न दिशानिर्देश गर्ने सेनाले विश्वास लिएको जनाएको छ ।

    बैठक हिजो बिहिबार प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले शुभारम्भ गरेका थिए ।

    २०७८, आश्विन ८ शुक्रवार०६:१३:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार