सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

२०७८, आश्विन १० आइतवार

  • 1.1K
    SHARES

  • सुनको मूल्य स्थिर

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबारको कारोबार मूल्यका आधारमा आज सुनको मूल्य स्थिर रहेको हो । छापावाल सुन शुक्रबार रु ८९ हजारमा कारोबार भएको थियो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ ।

    तेजाबी सुन शुक्रबार प्रतितोला रु ८८ हजार ५५०मा कारोबार भएको थियो । 

    महासङ्घका अनुसार चाँदीको मूल्य शुक्रबारको तुलनामा रु १० ले घटेको छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएकामा आज रु एक हजार १५० तोकिएको हो ।

    अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्दछ ।

    २०७८, आश्विन १० आइतवार०१:५९:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार