पौष ७, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ गते गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सदस्यहरुको बैठकले अर्को साल मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले मौजुदा केन्द्रीय कमिटीमा ५५६ सदस्य थपेर ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ ।
त्यसै गरि बैठकले परराष्ट्रमन्त्री समेत रहेका प्रदिप ज्ञवालीलाई प्रवक्तामा चयन गरेको छ ।
महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक पौष ९ गते बस्ने छ ।