रु. ३०० ले घट्यो सुनको मूल्य

रु. ३०० ले घट्यो सुनको मूल्य

२०७७, पौष ७ मंगलवार

  • 2.4K
    SHARES

  • रु. ३०० ले घट्यो सुनको मूल्य

    पौष ७, काठमाडौं । 

    स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार हुने गरी तोकिएको छ ।

    छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको थियो । 

    यस्तै तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ४०० मा कारोवार हुने गरी तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन प्रतितोला रु ९४ हजार ७०० मा सोमबार कारोवार भएको थियो । 

    यसैगरी चाँदी प्रतितोला रु पाँचले घटेको छ । प्रतितोला रु एक हजार ३२० मा सोमबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार ३१५ मा कारोवार हुने गरी तोकिएको छ । 

    २०७७, पौष ७ मंगलवार०२:३१:४७
    प्रतिक्रिया
    सम्बन्धित समाचार