नेकपा केन्द्रीय कमिटी बैठक जारीः गौतम  र थापा दुवै बैठकमा अनुपस्थित

नेकपा केन्द्रीय कमिटी बैठक जारीः गौतम  र थापा दुवै बैठकमा अनुपस्थित

२०७७, पौष ७ मंगलवार

  • 1.8K
    SHARES

  • नेकपा केन्द्रीय कमिटी बैठक जारीः गौतम  र थापा दुवै बैठकमा अनुपस्थित

    पौष ७, काठमाडौं ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक जारी रहेको छ ।  

    नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेता माधवकुमार नेपाल पक्षको बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा  चलिरहेको छ । 

    बैठकमा वरिष्ठ नेता झलनाथ खनाल,  नेता नेपाल र  पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ  र अध्यक्ष दाहालले बोल्दै छन् ।  

    आजको दुवै बैठकमा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा उपस्थित भएका छैनन् ।

    प्रतिनिधिसभा विघटन भएपछि नेकपाका दुई समूहले आज छुट्टाछुट्टै केन्द्रीय कमिटी आह्वान गरेका छन् । यसअघि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएका थिए ।

    तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भई २०७५ जेठ ३ गते नेकपा गठन भएको थियो । 

    २०७७, पौष ७ मंगलवार०४:५३:२७
    प्रतिक्रिया
    सम्बन्धित समाचार