काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६६ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा २६६, भक्तपुरमा ३८ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ८१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।