रु २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

रु २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

२०७८, आश्विन २० बुधवार

  • 1.3K
    SHARES

  • रु २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

    काठमाडौ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो । 

    बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएकाले राष्ट्र बैंकले १४ दिनको रिपो जारी गर्न लागेको जनाएको छ । 

    वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले कात्तिक ३ गते परिपक्व हुने रिपो आज बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् । यसअघि बैंकले गत असोज १३ गते रु ३० अर्ब रिपोमार्फत बजारमा पठाएको थियो ।

    तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन् । 

    २०७८, आश्विन २० बुधवार०२:३९:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार