काठमाडौं । बकस इन्भेष्मेन्ट कम्पनी प्रा. लि. को अध्यक्षमा समिर नेपाल चयन भएका छन् ।
शनिवार काठमाडौंमा सम्पन्न प्रालिको आठौं साधारण सभाले नेपाललाई ४ वर्षका लागि अध्यक्षमा चयन गरेको हो ।
त्यसैगरि सदस्यहरुमा कुवेरमणि नेपाल, झुमा देवान नेपाल, एकमणि नेपाल, सन्तोषमणि नेपाल, श्याम नेपाल, तुलसी नेपाल, राजन नेपाल र रामचन्द्र नेपाल रहेका छन् ।
त्यस्तै, कम्पनिले अघिल्लो वर्षको मुनाफाबाट ५० प्रतिशत बोनस पनि बितरण गरेको छ ।
भोजपुरबाट काठमाडौं आई बसोबास गरेका नेपालहरुले २०६१ सालबाट मासिक रुपमा भेला भई रकम जम्मा गर्न शुरु गरेको अभियानको माथिल्लो रुप हो बकस इन्भेष्टमेन्ट कम्पनि प्रालि नवनिर्वाचित अध्यक्ष समिर नेपालले बताएका छन् । जसले २०७१ सालबाट कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ताभई कार्य गरिरहेको पनि नेपालको भनाई छ ।
कम्पनिले विविध क्षेत्रमा लगानी गर्नुका साथै उर्जाको क्षेत्रमा बृहत परियोजना अगाडी बढाउनेगरि कार्य गरिरहेको पनि बताइएको छ ।