सञ्चारजगत संवेदनशील हुनुपर्दछ–मन्त्री थापा

सञ्चारजगत संवेदनशील हुनुपर्दछ–मन्त्री थापा

२०७८, आश्विन २४ आइतवार

  • 1.2K
    SHARES

  • सञ्चारजगत संवेदनशील हुनुपर्दछ–मन्त्री थापा

    गण्डकी । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले समाचार सम्प्रेषणमा सञ्चारजगत संवेदनशील हुनुपर्ने बताएका छन् ।

    विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजना एवं राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनको सहयोगमा ‘आत्महत्या रोगथाममा सञ्चार माध्यम’को भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा उनले मानवीय संवेदनालाई ध्यान दिँदै समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

    समाजमा हुने आत्महत्या प्रवृत्तिलाई निरुत्साहित गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनले बताए । सत्यतथ्यमा आधारित समाचारले समाजलाई सकारात्मक सन्देश दिने बताउँदै उनले प्रत्येक व्यक्तिलाई आर्थिक, सामाजिक, मनोवैज्ञानिक तथा योगको माध्यमबाट तनावमुक्त बनाउन सहयोग पु-याउन आग्रह गरे । 

    प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले पत्रकारले समाचार सम्प्रेषण गर्दा विकाउ भन्दा पनि टिकाउलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

    कोसिस नेपालका दिपेश भट्टराईले मानसिक रोग र आत्महत्याको प्रयासकाबारेमा कार्यपत्र प्रस्तुत गर्दै नेपालमा प्रत्येक वर्ष पाँच हजार भन्दा बढी आत्महत्याका घटना हुनेगरेको जानकारी दिए ।

    विश्वमा एक सेकेन्डमा ४० व्यक्तिले आत्महत्याको प्रयास गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा एक दशको अवधिमा ५० हजार व्यक्तिले आत्महत्या गरेका छन् । गण्डकी प्रदेशमा मात्र २०७७ साल वैशाखदेखि असोज मसान्तसम्म ३८४ जनाले आत्महत्या गरेको उनले जानकारी दिए । 

    महासङ्घ कास्कीका अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महाङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, अग्रज पत्रकार बद्रीविनोद प्रतिक, कोसिस परियोजना गण्डकी प्रदेश संयोजक सुदिप घिमिरे, महासङ्घका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, सचिव माधव बराललगायतले आत्महत्या न्यूनीकरणका लागि सामूहिक प्रयासको खाँचो औल्याए । 

    २०७८, आश्विन २४ आइतवार०४:४०:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार