कविता : बाटो

कविता : बाटो

२०७८, आश्विन २४ आइतवार

  • 2.7K
    SHARES

  • कविता : बाटो

    काठमाडौ ।

    पुर्खा भन्थे धन कमाउन जानुपर्छ, लामो बाटो 
    पहिचान तब बन्दछ जब रोजिन्छ गार्‍हो बाटो । 

    नदेखौँ अर्काको देशको,  ठूला महल  धेरै पैसा 
    विकासको मूल फुटाउन अब रोजौ आफ्नो बाटो ।

    हेर चट्टान फोरी उम्म्रेका, अति साना बीउलाई
    आफैंले पहिल्याउनु पर्छ सदा निकासको बाटो ।

    सिकौं प्रकृतिबाट, चलिरहनु पर्छ भन्ने शिक्षा 
    उभो बढ्न छोड संकुचित मनको साँगुरो बाटो ।

    गहन सोच, भाग्य भनेको आफैं हो बनाउने 
    भुल्नु हुन्न हामीले लिनुपर्छ सुयोग्य राम्रो बाटो ।

    भवानी घिमिरे,सर्लाही

    २०७८, आश्विन २४ आइतवार०५:२१:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार