सुनको मूल्य प्रतितोला रु ९१ हजार ३००

सुनको मूल्य प्रतितोला रु ९१ हजार ३००

२०७८, कार्तिक १ सोमवार

  • 1.1K
    SHARES

  • सुनको मूल्य प्रतितोला रु ९१ हजार ३००

    काठमाडौ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

    महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोबार हुनेछ जुन गत सोमबार प्रतितोला रु ९० हजार १५० मा कारोबार भएको थियो ।
     
    महासङ्घले चाँदीको आजको कारोबार मूल्य प्रतितोला एक हजार २२५ तोकेको छ । चाँदी गत सोमबार प्रतितोला रु एक हजार १८० मा कारोबार भएको थियो ।

    २०७८, कार्तिक १ सोमवार१२:१०:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार