उनि र मेरो सम्वाद - कविता

उनि र मेरो सम्वाद - कविता

२०७८, कार्तिक २ मंगलवार

  • 3.5K
    SHARES

  • उनि र मेरो सम्वाद - कविता

    काठमाडौ ।

    मैले भेटेँ
    मैले चिन्ने कुरै आएन
    एउटा ठुलै जमघट थियो
    थुप्रै मानिसहरु थिए
    भीड थियो 
    कसैले एक - एक गरेर चिनाउदै आए 
    मैले मेरो परिचय दिएँ
    म शिक्षक हुँ
    उनि ठिंग उभिए
    म छक्क परेँ
    मलाई थप प्रश्न सोधे 
    मेरो सानो परिचय दिए
    फेरी सोधे, के पढाउनु हुन्छ ?
    मैले भनेँ सामाजिक शिक्षा
    फेरी प्रश्न गरे,देशको अवस्था थाहा छ ? 
    मैले थाहा छ भनेँ
    उनि चिन्तित हुँदै 
    निराश हुँदै
    लामो सुस्केरा बीच
    तपाई जस्तो पढेलेखेको मान्छे
    देशको अवस्था बारे बोल्नु पर्दैन
    तपाईहरुले अब नबोले कस्ले बोल्ने ?
    देश छिया छिया भैसक्यो
    नेपाली मन विक्षिप्त भैसके
    कुन दिन देखि भाई - भाई बीच
    काटमार शुरु हुन्छ 
    त्यती बेला ढिला भैसकेको हुनेछ
    त्यसैले अब 
    तपाईहरु जस्ताले बोल्नु पर्छ
    सत्य बोल्नु, देखेको बोल्नु
    तर बोल्न चाहीँँ बोल्नु पर्छ
    मैले यत्ती मात्र भनेँ
    तपाईहरु जस्ताले बोले देश बाँच्ला
    नत्र यसै भन्न सकिन्न 
    घृणा, द्वेष, अविश्वास, मन मुटाव
    अराजकता, हत्या हिंसा, आतँक
    सबैको मस्तिष्कमा फैलिई सक्यो
    डर त्रासले जरा गाडिसक्यो
    त्यसैले पनि 
    तपाईहरु जस्ताले बोल्नु पर्छ
    मैले पनि भने, बोल्दैछौँ सुन्दैनन्,
    भन्दैछौँ बुझ्दैनन्
    एकथरि भन्छन्
    बहिरो-अन्धो- कानो छ सरकार
    अर्कोथरि भन्छन्
    लाटो-अन्धो-कानो छन् जनता
    यस्तो अवस्था
    उनले भने
    अव जगाऊँ, चिच्चाऊँ, बाटो देखाऊँ
    यत्ती भने उनि कता लागे कता
    झल्याँस ब्युँझेँ
    यताउता हेरेँ कतै देखिन
    निष्पट्ट अँध्यारो
    आज राती सपनामा उनिसंग भेट भो ।

    सुन्दर पन्त 
    नागार्जुन-१०, काठमाडौ ।

    २०७८, कार्तिक २ मंगलवार१२:००:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार