सुनको मूल्य वृद्धि

सुनको मूल्य वृद्धि

२०७८, कार्तिक ३ बुधवार

  • 897
    SHARES

  • सुनको मूल्य वृद्धि

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले बढेर ९१ हजार ४०० कायम भएको छ ।

    छापावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

    महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ९०० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला रु ९० हजार ८०० मा कारोबार भएको थियो ।

    महासङ्घका अनुसार आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार २३५ पुगेको छ  । चाँदी सोमबार प्रतितोला रु एक हजार २२५ मा कारोबार भएको थियो ।

     नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मङ्गलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए । 

    २०७८, कार्तिक ३ बुधवार११:४७:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार