भारतमा कोरोना भाइरस संक्रमितको संख्या करिब एक करोड एक लाख

भारतमा कोरोना भाइरस संक्रमितको संख्या करिब एक करोड एक लाख

२०७७, पौष ८ बुधवार

  • 1.3K
    SHARES

  • भारतमा कोरोना भाइरस संक्रमितको संख्या करिब एक करोड एक लाख

    पौष ८, काठमाडौँ । 

    भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बुधबारसम्म एक करोड एक लाखको नजिक पुगेको छ ।

    विगत २४ घण्टाको अवधिमा भारतमा २३ हजार ९५० नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ९९ हजार ९५्० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

    गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण ३३३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४६ हजार ४४४ जना पुगेको छ ।

    भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ९३९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको र २५ जनाको सङ्क्रमणको कारण मृत्यु भएको छ । भारतमा कोभिड-१९ शुरु भएयता भाइरस संक्रमणको कारण १० हजार ३२९ जनाको मृत्यु भईसकेको छ ।
     
    मन्त्रालयको पछिल्लो विवरणमा ९६ लाख ३८२ हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ८९ हजार २४० सक्रिय संक्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १६ करोड ४२ लाख ६८ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका  छन् ।-एजेन्सी

    २०७७, पौष ८ बुधवार०१:१४:००
    प्रतिक्रिया
    सम्बन्धित समाचार