कम्युनिष्टबीच पुनःएकता गरेर आगामी निर्वाचनमा जानुपर्छः मुख्यमन्त्री शाक्य

कम्युनिष्टबीच पुनःएकता गरेर आगामी निर्वाचनमा जानुपर्छः मुख्यमन्त्री शाक्य

२०७८, कार्तिक ३ बुधवार

  • 1.1K
    SHARES

  • कम्युनिष्टबीच पुनःएकता गरेर आगामी निर्वाचनमा जानुपर्छः मुख्यमन्त्री शाक्य

    काठमाडौ । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट पार्टीबीच पुनः एकता गरेर आगामी निर्वाचनमा होमिनुपर्ने बताएकी छन् । 

    नेकपा (एमाले)वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको आज यहाँ उद्घाटन सत्रमा बोल्दै उनले जनादेश बमोजिम पुनःसशक्त एमाले बनाएर छिन्नभिन्न कम्युनिष्टलाई एकतामा ल्याई समृद्धि र समाजवादको यात्रामा लाग्नुपर्ने बताइन् । 

    “एमाले फुट्नु आवश्यक थिएन । एमाले फुट्नुमा कार्यकर्ताको दोष छैन”, उनले भनिन् । मुख्यमन्त्री शाक्यले प्रदेश सरकार विपद् व्यवस्थापन कोष स्थापना गरेर बाढीपहिरामा परेकालाई सहयोग उपलब्ध गराइरहेको जानकारी दिदैं आफूहरुले मन्त्रीको आचारसहिंता बनाएर काम गरिरहेको बताइन् । 

    बैठकमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य प्रेम महर्जन (ललितपुर) र झङक कँडेल (रामेछाप) एमालेमा प्रवेश गरेको एमाले वाग्मती प्रदेश अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए ।

    २०७८, कार्तिक ३ बुधवार०२:३५:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार