बुधबार सेयर बजारमा तीब्र उतारचढाव देखिएको छ भने बजार अन्तत ७ अंक बढेर बन्द भएको छ।
बजारमा दिनभरीमा ६४ अंकको उतारचढाब देखिएको छ। २०९४ अंकबाट खुलेको बजार २१२७ अंकसम्म पुगेको थियो। सूचक २०६३ अंकसम्म ओर्लिएको थियो।
साढे ९ सय अंकसम्म बढेको जीबन बीमा सूचक ३९४ अंक मात्रै बढ्यो। बाणिज्य बैंक समूह पनि २४ अंकले मात्रै उक्लिएको छ।
सूरुको केही मिनेट बजारलाई नेपाल लाइफले उचालेको थियो। १० प्रतिशत सर्किट लागेर केही बेर कारोबार भएन। त्यसपछि बृद्धि दर घट्न थाल्यो।
नबिल बैंकको भने सुरुमै सर्किट लाग्यो, जुन अन्तिमसम्म कायम रह्यो। नेपाल लाइफ मूख्य ८ को सूचीभित्र छ।
दिनभरीमा ६ अर्ब ८६ करोड रुपैयाँको सेयर कारोबार भएको छ। कुल २०३ कम्पनीको सेयर किनबेच भएको हो। निरन्तर बढिरहेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य फेरि त्यसैगरी घट्न थालेको छ। ६३६ रुपैयाँ माथि पुगेको सेयर मूल्य बुधबार ३९३ रुपैयाँमा झरेको छ।
नेशनल लाइफको ४५ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। एनआइसी एसियाको ३३ करोडको किनबेच भएको छ।
नबिल बैंकको २७ करोड ९१ लाख पैयाँको कारोबार भएको छ भने रिइन्स्योरेन्स कम्पनीको २३ करोड ३६ लाख रुपैयाँको किनबेच भएको छ।