नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष गुप्ताको निधन

नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष गुप्ताको निधन

२०७८, कार्तिक ६ शनिवार

  • 1.1K
    SHARES

  • नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष गुप्ताको निधन

    लहान । सिरहाका पुराना पत्रकार तथा नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष रामानन्द गुप्ताको निधन भएको छ ।

    लामोसमयदेखि रक्तचापको दीर्घरोगी रहेका गुप्ताको ५८ वर्षको उमेरमा उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गत बुधबार हृदयघात भएपछि पत्रकार गुप्तालाई अस्पताल भर्ना गरिएको थियो । 

    सिरहा नगरपालिका–१ घर भई लहान नगरपालिका बस्दै आएका गुप्ता हिमालय टाइम्सलगायत पत्रपत्रिका तथा टेलिभिजनमा कार्य गर्दै आएका थिए । गुप्ताको पार्थिव शरीरमाथि नेपाल पत्रकार महासङ्घ सिरहा शाखाले झण्डा ओढाएर सम्मान प्रकट गरेको छ ।

    २०७८, कार्तिक ६ शनिवार०२:२२:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार