पौष ८, काठमाडौं ।
नेकपा प्रचण्ड - माधव समुहमा महासचिव छान्न सकस भएको छ ।
समुहको हिजो बसेको केन्द्रीय कमिटिको बैठकमा घोषणा गर्ने योजना भए पनि नेताहरु विचमा कसलाई बनाउने भन्ने कुरामै विवाद बढे पछि घोषणा हुन नसकेको स्रोतले जनायो ।
समुहका प्रथम अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' ले जनार्दन शर्मा 'प्रभाकर' लाई अगाडी सारेका छन् । हिजोको बैठकबाट अध्यक्षमा मनोनित भएका माधव कुमार नेपालले भिम रावललाई अगाडी सारेका छन् ।
त्यस्तै नेता प्रचण्ड र माधव दुवैजनाले अध्यक्ष पाएकाले आफ्नो समुहबाट सुरेन्द्र पाण्डेलाई महासचिव बनाउनु पर्ने तर्क नेता झलनाथ खनालले राखेको बुझिएको छ । पाण्डे यस अघि नेकपा एमालेको महाधिवेशनमा महासचिवमैँ नेता इश्वर पोखरेलसँग मात्र ६ मतको मतान्तरले पराजित भएका थिए ।