सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

२०७८, कार्तिक ९ मंगलवार

  • 985
    SHARES

  • सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ ।  

    स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु  ९२ हजार ६०० तोकिएको छ । उक्त धातु सोमबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ । 

    महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला रु ९२ हजार १०० रहेकामा सोमबार ९१ हजार ९०० थियो ।

    महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेकाले   प्रतितोला रु एक हजार २६५ कायम छ । चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो ।

    २०७८, कार्तिक ९ मंगलवार१२:१६:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार