आयोगका उपाध्यक्ष खड्काद्वारा शपथग्रहण

आयोगका उपाध्यक्ष खड्काद्वारा शपथग्रहण

२०७७, मंसिर १५ सोमवार

  • 2.3K
    SHARES

  • आयोगका उपाध्यक्ष खड्काद्वारा शपथग्रहण

    मंसिर १५, कर्णाली ।

    कर्णाली प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्काले शपथग्रहण गरेका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष आइतवार उपाध्यक्ष डा खड्काले शपथग्रहण गरेका हुन् । मुख्यमन्त्रीसमक्ष उनीसहित मुख्यमन्त्रीका समन्वय विज्ञमा नियुक्त झक बहादुर मल्ल दुवैले मुलुक र जनताका नाममा शपथ लिएका थिए ।  

    शपथग्रहणलगत्तै उपाध्यक्ष डा खड्काले आइतवारै पदबहाली गरेका छन् । सो अवसरमा उनले विकासको रणनीति तयार गर्ने, कानून संरचना र तेस्रो कोरोनाबाट देखिएको आर्थिक मन्दीबाट कर्णालीलाई कसरी माथि उठाउने भन्ने विषयमा केन्द्रित भएर काम गर्ने बताए ।  

    “योजनाले नै विकासलाई डो¥याउने भएकाले हामी दिगो विकास रणनीति बनाउँछौँ”, उनले भने, “सम्भावनाको प्रचुर सम्भावना भएको कर्णालीको पर्यटन, कृषि, जल तथा जडीबुटी क्षेत्रको विकासमा जोड दिने नीति निर्माण गरिनेछ ।” डा खड्कालाई आयोगको उपाध्यक्ष र मल्ललाई समन्वय विज्ञका रुपमा नियुक्त गर्ने निर्णय प्रदेश सरकारको मङ्सिर ११ गते  बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

    २०७७, मंसिर १५ सोमवार०७:३६:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार