बहराइनमा तीन देखि ११ बर्षसमूहलाई सिनोफार्म खोप लगाउन अनुमति

बहराइनमा तीन देखि ११ बर्षसमूहलाई सिनोफार्म खोप लगाउन अनुमति

२०७८, कार्तिक ११ बिहिवार

  • 1.8K
    SHARES

  • बहराइनमा तीन देखि ११ बर्षसमूहलाई सिनोफार्म खोप लगाउन अनुमति

    पनामा । बहराइनमा ३ बर्षदेखि ११ बर्षसमूहका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइएको छ ।

    बहराइनका स्वास्थ्य अधिकारीहरूले देशभरका सो उमेर समूहका बालबालिकाहरुलाई खोप लगाउनु उपयुक्त हुने निश्कर्ष निकालेका हुन् ।    

    बालबालिकाहरुलाई खोप लगाउने बारेमा मङ्लबार निर्णय भएको र बुधबारदेखि फाराम भर्न पाइने व्यवस्थासमेत गरिएको अधिकारीहरूले जनाएका छन् ।

    स्वास्थ्य क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको सिफारिसका आधारमा आफुहरुले बालबालिकालाई पनि खोप लगाउने प्रक्रिया सुरु गरेको सरकारी स्वास्थ्य अधिकारीहरुको भनाइ छ ।  

    बालबालिकालाई खोप लगाउनेसम्वन्धी निर्णयको विस्तृत विवरण भने स्वास्थ्य मन्त्रालयको वेभसाइट राखिएको उनीहरुले बताएका छन् । 

    बहराइनको राष्ट्रिय चिकित्सा कार्यदलले कोरोनाभाइरसविरुद्ध लड्न विभिन्न उपायहरु अपनाउने शिलशिलामा बालबालिकाहरूलाई पनि खोप लगाउन थालेको हो । 

    बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउने निर्णयबाट देशवासी खुशी भएका छन् भने सरकारी अधिकारीहरुले पनि महामारी नियन्त्रण हुने अपेक्षा गरेका छन् । -एजेन्सी । 

    २०७८, कार्तिक ११ बिहिवार११:३२:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार