कुवेतमा पनि कोरोनाविरुद्धको खोप दिन थालिने

कुवेतमा पनि कोरोनाविरुद्धको खोप दिन थालिने

२०७७, पौष ९ बिहिवार

  • 1.7K
    SHARES

  • कुवेतमा पनि कोरोनाविरुद्धको खोप दिन थालिने

    पौष ९, कुवेत सिटी ।

    कुवेतमा पनि कोरोनाभाइरस विरुद्धको खोप दिन थालिने भएको छ । 

    आज बिहीबार देखि खोप लगाउने अभियान नै चलाइने कुवेतका स्वास्थ्य मन्त्री बसेल अल सबाहले बुधबार जानकारी दिए । 

    खोप अभियानअन्तर्गत सबैभन्दा पहिला वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाइने भएको छ । 

    उनले एक वर्षभरी एक-एक महिनाको अवधिमा खोप ल्याइने पनि जानकारी दिए । खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाइ दिने योजना बनाइएको पनि उनले बताए ।  

    पछिल्ला महिनाहरुमा कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न र खोप ल्याउनका लागि स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाप्रति उनले सबैलाई धन्यवाद पनि व्यक्त गरेका छन् ।  

    “उनीहरुकै कडा मेहनतका कारण खोप ल्याएर लगाउन पाइने भएको हो,” मन्त्री सबाहले भने ।  

    खोप लगाएसँगै मानवीय क्षति कम हुने र सङ्क्रमितहरुको सङ्ख्यामा पनि कमी आउने सरकारी अधिकारीहरुले आशा गरेका छन् ।  

    कुवेतले कोरोनाभाइरस विरुद्धको पहिलो चरणको खोप बुधबार स्वदेश ल्याएको अधिकारीहरुले जानकारी दिएका छन् । -एजेन्सी ।      

    २०७७, पौष ९ बिहिवार०६:४१:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार