सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

२०७८, कार्तिक १२ शुक्रवार

  • 1.7K
    SHARES

  • सुनको मूल्यमा गिरावट

    काठमाडौँ । नेपालमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले गिरावट भएको छ ।

    स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहेकामा बिहीबार प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएको थियो ।

    यसै गरी आज चाँदी बिहीबारको तुलनामा प्रतितोला रु पाँच घटेर रु एक हजार २४५ कायम भएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।

    छापावाल सुन यो साताको मङ्गलबार अधिकतम रु ९२ हजार ६०० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

    २०७८, कार्तिक १२ शुक्रवार१२:०१:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार