बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

२०७८, कार्तिक १२ शुक्रवार

  • 1.1K
    SHARES

  • बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

    डोटी । जोरायल गाउँपालिकामा बाढी पहिरोका कारण ज्यान गुमाएका परिवारलाई पालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

    बाढी पहिरोबाट ज्यान गुमाएका सात जनाको परिवारलाई पालिकाले सहयोग गरेको हो ।

    यही कात्तिक पहिलो साता आएको बाढी पहिरोबाट सयौँ घरमा क्षति पुगेको थियो ।

    सोही घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई रु सात हजार नगद तथा खाद्यान्न, लुगा कपडा र त्रिपाल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी बताए ।

    उनले भने, ‘बाढी र पहिरोले तहस नहस बनाएको छ, कयौँको अकालमै ज्यान गएको छ, कतिपय घरबारविहीन भएका छन्, दुःखको बेला केही राहत होस् भनेर सहयोग गरेका हौँ ।’

    उक्त पालिकाको वडा नं ४ को सैगडामा चार जना, वडा नं १ मा एक जना र वडा नं ३ नवलपुरमा बाढी पहिरोबाट दुईको मृत्यु भएको थियो । वर्षासँगै आएको बाढी पहिरोबाट सडक पूर्णरुपमा बन्द भएका छन् । भत्किएका सडक खोल्ने भइरहेको ओझाले बताए ।

    २०७८, कार्तिक १२ शुक्रवार०३:१४:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार